

काठमाडौं । थापाथलीस्थित नर्भिक अस्पतालले यो सातादेखि शनिवार र सार्वजनिक विदाका दिनहरुमा समेत ओपिडी सेवा संचालन गर्ने भएको छ । तिजको विदाको दिन पनि नर्भिकले ओपिडी सेवा संचालन गरेको थियो । अब भने यो क्रमलाई निरन्तरता दिंदै शनिवार र सार्वजनिक विदाका दिनहरुमा समेत ओपिडी सेवा संचालनमा ल्याउने निर्णय भएको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिएका छन् ।
उनका अनुसार व्यस्त काठमाण्डौबासीको सुविधालाई ध्यानमा राखेर नर्भिकले शनिवार र सार्वजनिक विदाका दिनहरुमा समेत ओपिडी सेवा संचालनमा ल्याउने निर्णय गरेको हो । त्यसरी संचालन गरिने ओपिडीमा कुन कुन विशेषज्ञको सेवा पाइन्छ भन्ने कुरा नर्भिकले आफ्ना सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरुबाट जानकारी गराउने समेत उनले बताए ।
यसैगरी, नर्भिक अस्पतालले ओपिडीको सन्ध्याकालीन सेवा समेत संचालन गरिरहेको छ । यो सेवालाई समेत अझ व्यापक बनाउने तयारी भइरहेको मिश्रले जानकारी दिए । दैनिक अफिस जानुपर्ने बाध्यतामा रहेका व्यस्त सर्वसाधारणको सुविधालाई ध्यानमा राखी राति ८ बजेसम्म नै ओपिडी सेवा संचालन गर्ने तयारी भइरहेको हो ।
यसैबीच, नर्भिक अस्पतालले सार्वजनिक गरेको शिक्षकलाई छूट सम्बन्धी स्किममा शिक्षकहरुको आकर्षण देखिएको छ । नर्भिकले अन्तराष्ट्रिय टिचर्स डेको अवसर पारेर गत शुक्रबारदेखि एक साताका लागि शिक्षकहरुलाई अस्पतालका सबै सेवामा १० प्रतिशत छुटको अफर सार्वजनिक गरेको थियो । यो अफर लिने शिक्षकहरुको संख्या बढिरहेको अस्पतालले जनाएको छ । यो अफर यो सातासम्म जारी रहनेछ ।
मुख्य समाचारबाट थप समाचार
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७