

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा २५ भदौमा वडा अधिवेशन हुने भएको छ । कांग्रेस महाधिवेशन कार्यतालिका अनुसार १८ भदौमा हुनुपर्ने वडा अधिवेशन क्रियाशील सदस्यता विवादका कारण ढिलाइ भएको हो ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शनिबार साँझ मात्रै डडेल्धुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरेको थियो । सार्वजनिक भएको क्रियाशील सदस्यतालाई लिएर जिल्लामा विवाद भएपछि मंगलबार निर्वाचन अधिकृत र कांग्रेस जिल्ला कार्यसमितिबीच छलफल भएको हो । छलफलपछि निर्वाचन अधिकृत लोकेन्द्रबहादुर बमले २५ भदौका लागि वडा अविधेशन तोकिएको बताए । ‘क्रियाशील सदस्यता टुंगो लगाउन ढिलाइ भएका कारण १८ भदौमा हुन नसकेकाले केन्द्रीय निर्वाचन समितिको निर्देशन अनुसार वडा अधिवेशनको नयाँ मिति तोकिएको हो,’ उनले भने । निर्वाचन अधिृकत बमले बाँकी अधिवेशन कार्यतालिका अनुसार नै हुने जनाए ।
कांग्रेस जिल्ला कार्यसमितिले करिब ५ हजार आठ सयको क्रियाशील सदस्यता सूची पठाएकोमा केन्द्रले चार सय जनाको नाम हटाएको र तीन सयको नाम थप गरेको आरोप छ ।
करिब २० जिल्लाको क्रियाशील सदस्यता टुंगो नलाग्दा स्थानीय तहको अधिवेशन कार्यतालिका प्रभावित हुने आशंका बढेको छ । प्रदेश २ का आठवटै जिल्ला, काठमाडौं, सिन्धुपाल्चोक, रसुवा, कपिलवस्तु, बाँके, बर्दिया, मोरङ, कैलालीलगायत जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरिएको छैन ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७