

काठमाडौं । सोमबार कीर्तिमानी छलाङ मार्दै बढेको शेयर बजार परिसूचक नेप्सेमा साताको तेस्रो दिन मंगलबार निकै ठूलो गिरावट आएको छ । आइतबार १०८.२६ अंकले घटेको बजार सोमबार १६२ अंकले बढेको थियो । तर आज मंगलबार भने ४४.१८ अंकले घटेर बजार २९३६.६० विन्दुमा झरेको छ । मंगलबार बजार १.४८ प्रतिशतले गिरावट आएको हो ।
आज कारोबार रकममा समेत ठूलो कमी आएको छ । यस दिन मात्र ७ अर्ब ४९ करोड रुपैयाँको मात्र कारोबार भएको छ । मंगलबार कुल २२२ कम्पनीको ८६ हजार ५ सय ८ पटक कारोबारबाट १ करोड ५० लाख ८२ हजार ८१ कित्ता शेयर किनबेच भएको छ ।
मंगलबार होटेल तथा पर्यटन, ननलाइफ इन्स्योरेन्स र माइक्रोफाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् भने म्यूचअल फण्ड र अन्य समुहबाट मंगलबार सबै उपसमूह राताम्मे भएका छन् । यस दिन सानिमा लाइफ इन्स्योरेन्सको पोटेटिभ सर्किट लेवलमा कारोबार भयो । यो कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । युनाइटेड मोदी हाइड्रोपावर, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, युनिलिभर नेपाल लिमिटेड, महालक्ष्मी स्मार्ट लघुवित्तसहितका कम्पनीका लगानीकताले बढी कमाए । धेरै गुमाउने कम्पनीका लगानीकर्तामा आरएमडीसी लघुवित्त, रुरु जलविद्युत, प्रोग्रेसिभ फाइनान्स, फस्र्ट माइक्रोफाइनान्सजस्ता कम्पनी रहेका छन् ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७