

काठमाडौं। एमालेकाे तर्फबाट बागमती प्रदेशकी मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य दुई सातामै अल्पमतमा परेकी छन्। मंगलबार सामाजिक विकासमन्त्री कृष्ण खनालसहित १२ जना सांसदले नेकपा (एमाले) छोडेपछि मुख्यमन्त्री शाक्य अल्पमतमा परेकी हुन्।माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएकै दिन २ भदौमा उनी मुख्यमन्त्री नियुक्त भएकी थिइन्। उनले त्यही दिन नेपाल पक्षका सांसद खनाललाई मन्त्री नियुक्त गरेकी थिइन्।
खनालसँगै उनले केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानून र भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरेकी थिइन्। नेपाल पक्षका सांसदलाई रोक्ने प्रयासमा अहिलेसम्म मन्त्रिपरिषद् विस्तार गरिएको छैन। तर, मंगलबार मन्त्री खनालले निर्वाचन आयोगको प्रदेश कार्यालय पुगेर एकीकृत समाजवादीमा गएको सनाखत गरेका छन्। उनीसँगै एमाले १२ जना सांसदले एकीकृत समाजवादी रोजेका छन्।
११० सदस्यीय बागमती प्रदेशमा अहिले १०९ सदस्य रहेका छन्। एमालेबाट निर्वाचित दोलखाका सांसद पशुपति चौलागाईंको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको थियो। प्रदेशमा एमालेका ५५ सांसद थिए। १२ सांसदले एकीकृत समाजवादी रोजेसँगै एमालेमा ४३ सांसद रहेका छन्। सरकार गठनका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७