

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अनुसार नेपालको पुँजी बजारमा ५ अर्ब ६१ करोड ३६ लाख १४ हजार ८०० रुपैयाँको लगानी थपिने भएको छ । १९ वटा कम्पनीको ४ करोड ९४ लाख १६ हजार १४८ कित्ता सेयर पाइपलाइनमा रहेको बोर्डले जनाएको छ । पाइपलाइनमा रहेका कम्पनीहरुमा जलविद्युत, माइक्रोफाइनान्स, बीमा लगायतका कम्पनीहरु रहेको छ । जलविद्युत कम्पनी ११, बीमा कम्पनी २, माइक्रोफाइनान्स कम्पनी ४ र अन्य २ वटा कम्पनी रहेको बोर्डले जनाएको हो ।
जलविद्युत कम्पनीमा पनि केहीले आयोजना प्रभावित स्थानीय बासिन्दाको लागि, केहीले स्थानीय र सर्वसाधारण दुवैको लागि साधारण सेयर निष्काशन गर्ने भएका छन् । हाल बोर्डको पाइपलाइनमा रहेका कम्पनीहरुले स्वीकृत पाएपछि आइपीओ निष्काशन गर्नेछन् ।
आइपीओ निष्काशन गर्न लागेका १९ वटा कम्पनीमा पनि रिलायबल लाइफ इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स रहेका छन् । रिलायबलले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता २१२ रुपैयाँमा आईपीओ निष्कासनको तयारीमा रहेको छ ।
त्यस्तै माइक्रोफाइनान्समा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था र उपकार लघुवित्त वित्तीय संस्था रहेको छ ।
पाइपलाइनमा रहेका कम्पनीमा सबैभन्दा चर्चामा रहेको कम्पनी डिसहोम समेत रहेको छ । डिसहोम मिडिया नेटवर्कले सर्वसाधारणको लागि २३ करोड ८५ लाख ९२ हजार ९ सय रुपैयाँको २३ लाख ८५ हजार ९२९ कित्ता सेयर निष्काशन गर्न लागेको हो । यो कम्पनीको आइपीओ लामो समयदेखि निकै चर्चामा रहेको छ ।
आइपीओ निष्काश गर्न लागेका कम्पनीमा सबैभन्दा बढी सयपत्री हाईड्रोपावरले ६२ करोड ५० लाख रुपैयाँको ६२ लाख ५० हजार कित्ता र सबैभन्दा कम ग्रिनभेन्चर कम्पनीले २ करोड ६६ लाख २५ रुपैयाँको २ लाख ६६ हजार २५० कित्ता साधारण सेयर निष्काशनको तयारीमा रहेका छन् ।
कर्पोरेटबाट थप समाचार
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७