TRENDING
होमपेज
नागढुंगा-नौबिसे सडक खण्डमा पहिरो, राजधानी भित्रिने र बाहिरिने सवारी नाकामै रोकिए


काठमाडौं । अविरल वर्षासङ्गैको पहिरोका कारण काठमाडौंको नागढुंगा नाका नजिकको त्रिभुवन राजपथको नागढुंगा – नौबिसे खण्ड अवरुद्ध भएको छ । उपत्यका छिर्ने मुख्य नाका अवरुद्ध हुँदा हजारौं यात्रुलाई समस्या भएको छ ।
चिसापानी धारो नजिकको पहिरोका कारण आज बिहान करिब ९ बजेदेखि सो सडकखण्ड अवरुद्ध भएको हो । राजधानीबाट बाहिरिने र भित्रिने सवारी साधन सबै रोकिएका छन् । निरन्तरको वर्षाका कारण पहिरो पन्छाउन समस्या भएको महानगरीय प्रहरी प्रभाग थानकोटले जानकारी दिएको छ ।
अहिले पहिरो पन्छाउने कार्य लगभग सकिन लागेको बताइएको छ । यद्यपी निर्माणाधीन सुरुङमार्ग सिस्नेखोला नजिकको सडकखण्ड माथिको पहिरोका कारण यात्रा जोखिम र कष्टप्रद बनेको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
जेष्ठ २९, २०८२
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७