TRENDING

नेपालका यि ठाउँहरुमा भारी वर्षा हुने , सतर्क रहन आग्रह

काठमाडौं । हाल नेपालमा मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको छ । नेपालको तराई भूभाग नजिक मनसुन न्यून चापीय रेआ रहेको कारण अविरल वर्षा भईरहेको हो ।

देशभर पूर्ण बदली रही प्रदेश १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लम्बिनी प्रदेशका केही स्थानहरुमा हाल हल्कादेखि मध्यम वर्षा भईरहेको छ । आज देशका अधिकांश भूभागमा सामान्य देखि पूर्ण बदली रहनुका साथै हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

भोली सोमबार पनि देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यसैगरी प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।