TRENDING

जनगायक ‘जेबी टुहुरे’को निधन

काठमाडौं । जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधन भएको छ । बयोधा अस्पतालमा उपचारका क्रममा रहेका टुहुरेको ७८ वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

भदौ १ गते कलंकीस्थित घरमै बसीरहेका बेला उनी पक्षघातका कारण एक्कासी लडेपछि उनलाई परिवारले तत्काल अस्पताल पुर्याएको थियो । अस्पताल पुर्याउँदा सम्म उनको मष्तिस्कमा रगत जमिसक्नुका साथै हातखुट्टाको चल्न नसक्ने अवस्था भइसकेको डा.रोहन झाले बताउनुभयो । पहिल्यैदेखिका दीर्घ रोगका कारण शल्यक्रिया असम्भव भएका कारण उनको मृत्यू भएको अस्पतालले जनाएको छ । उनको पार्थिव शरिरलाई अन्तिम श्रद्धान्जली पश्चात् आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ ।

२००१ कार्तिक १५ मा धरानको पुरानो बजारमा जन्मिएका जुठबहादुर खड्गीले सानैदेखि गीत गाउन थालेका थिए । २०२१ सालमा पिता कृष्णबहादुर खड्गीको निधन भएपछि आफ्नो नामको पछाडि टुहुरे जोडेका थिए । उनी जेबी टुहुरेकै नामबाट चिनिए । २०२० को दशकदेखि कम्युनिस्ट विचारधारासँग नजिक भएका उनले २०२४ सालदेखि जनताका गीत गाउन थालेका थिए । उनको ‘आमा दिदी बहिनी हो, कति बस्छौ दासी भई सुखको सँधै प्यासी बनेर ’ बोलको गीत निकै चर्तित छ ।

राजनीतिक रुपमा उनको आवद्धता माले, एमाले हुँदै पछिल्लो समय माओवादी केन्द्रमा थिए । दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट सभासद बनेको उनी जनसांस्कृतिक महासंघका संरक्षक र माओवादीका सल्लाहकार हुन् ।

२०७५ सालमा उनको नाममा जेबी टुहुरे फाउण्डेसनसमेत स्थापना गरिएको छ ।

मुख्य समाचारबाट थप समाचार