

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तरगत आउने शनिवार वरिष्ठ अर्थोपेडिक सर्जन डा. ऋषि बिष्ट र अर्थोपेडिक्स तथा ट्रमा सर्जन डा. कुलदीप मंगल जोशी नेतृत्वको टिमले सेवा दिने भएको छ ।
नर्भिकमा कार्यरत वरिष्ठ अर्थोपेडिक सर्जन डा. बिष्ट र ट्रमा सर्जन डा. जोशीले फ्री ओपिडी सेवा दिने भएका हुन् । नर्भिकले आउने शनिवारदेखि नै सहुलियत दरमा घूँडा, तथा शरीरका अन्य जोर्नीसँग सम्बन्धित शल्यक्रिया (ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरी) समेत सुरु हुने घोषणा गरेको छ । शनिवारको फ्री ओपिडीमा आउने बिरामीहरुले समेत ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरीका लागि नाम टिपाउन सक्ने व्यवस्था मिलाइएको छ ।
बजारको भन्दा निकै सहुलियत दरमा ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरीको सेवा उपलब्ध गराइने नर्भिक इन्टरनेशनल अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले जानकारी दिएका छन् । हाडजोर्नीसँग सम्बन्धित समस्या भएका र शल्यक्रिया गर्नुपर्ने बिरामीहरुले फ्री ओपिडीको साथै सहुलियत दरको शल्यक्रिया सेवा समेत लिनसक्नेछन् ।
नर्भिकले विगत केही साताअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । यही क्रममा शनिवार डा. बिष्ट र उनको टिमले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरुलाई निःशुल्क ओपिडी सेवा दिनेछन् ।
निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ मा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।
बजारबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७