

काठमाडौं । आज बुधबार बजारमा ८ लाख कित्ता साधारण सेयर ९आइपीओ० जारी भएको छ । भदौ १३ गते सम्म आवेदन दिन मिल्ने गरी तेह्रथुम पावर कम्पनीले आइपिओ जारी गरेको हो ।
कम्पनिले ८ लाख मध्ये को ७ लाख ४४ हजार कित्ता आइपीओ सर्वसाधारणका लागि एवं बाँकि ४० हजार म्युचुअल फण्ड र १६ हजार कित्ता सेयर कर्मचारीका लागि निष्काशन गरेको छ । आइपीओमा प्रतिकित्ता रु १०० का दरले न्युनतम १० कित्ता देखि अधिकतम ६० हजार कित्ता सम्म आवेदन दिन सकिने छ । कम्पनिको बिक्रि प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।
इच्छुक आवेदकले सि आस्वा सदस्य रहेका बैंक तथा वित्तिय संस्था र मेरो सेयरको प्रयोग गरी आवेदन दिन सक्नेछन् । तोकिएको अवधिसम्ममा माग अनुसारको आवेदन नपरेमा भदौ २३ गते सम्म आवेदन दिन सकिने कम्पनिले जनाएको छ ।
कम्पनीले निष्काशन गरेको आईपीओलाई इक्रा नेपालले इक्राएनपि आईआर डबल बी रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम कर्जा जोखिम रहेको जनाउँदछ । इक्रा नेपालले कम्पनीको आईपीओलाई सन् २०२१ जनवरी ४ मा ग्रेड प्रदान गरेको थियो। उक्त ग्रेडिङ्गको अवधि जारी भएको मितिबाट एक वर्षसम्म रहनेछ ।
हाल कम्पनीको चुक्ता पूँजी २८ करोड रुपैयाँ रहेको छ । स्थानियलाई ४ करोड रुपैयाँ र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता ४० करोड रुपैयाँ पुग्नेछ ।
अर्थ बाणिज्यबाट थप समाचार
म्यान्माको भूकम्पपीडितलाई एक करोड पाउण्ड दिने बेलायतको घोषणा
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७