TRENDING

भोलीदेखि तेह्रथुम पावर कम्पनिको आइपीओ खुल्ला, ६० हजार कित्ता सम्म आवेदन दिन पाइने

काठमाडौं । भोली बुधबार बजारमा ८ लाख कित्ता साधारण सेयर (आइपीओ) जारी हुने भएको छ । भदौ १३ गते सम्म आवेदन दिन मिल्ने गरी तेह्रथुम पावर कम्पनीले आइपिओ जारी गर्न लागेको हो ।

८ लाख मध्ये को ७ लाख ४४ हजार कित्ता आइपीओ सर्वसाधारणका लागि एवं बाँकि ४० हजार म्युचुअल फण्ड र १६ हजार कित्ता सेयर कर्मचारीका लागि निष्काशन गर्न लागेको हो ।  आइपीओमा प्रतिकित्ता रु १०० का दरले न्युनतम १० कित्ता देखि अधिकतम ६० हजार कित्ता सम्म आवेदन दिन सकिने छ । कम्पनिको बिक्रि प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ ।

इच्छुक आवेदकले सि आस्वा सदस्य रहेका बैंक तथा वित्तिय संस्था र मेरो सेयरको प्रयोग गरी आवेदन दिन सक्नेछन् । तोकिएको अवधिसम्ममा माग अनुसारको आवेदन नपरेमा भदौ २३ गते सम्म आवेदन दिन सकिने कम्पनिले जनाएको छ ।