TRENDING

मनसुन अझै एकसाता सक्रिय रहने

काठमाडौं । मनसुन एकसाता अझै सक्रिय रहने जल तथा मौसम विभागले जनाएको छ ।
नेपालमा सेप्टम्बर २३ अथवा आजबाट मनसुन अन्त्य हुन्छ । तर यो वर्ष अझै एक साता सक्रिय रहने जल तथा मौसम विभागकी मौसमविद् गंगा नगरकोटीले बताए ।

“मनसुन अझै कम्तिमा एक सातासम्म जारी रहन्छ । तर त्यसपछि कति समय रहन्छ वा सकिन्छ भन्न सकिँदैन ”उनले भनिन । नेपालमा पछिल्लो ५ वर्ष यता सेप्टेम्बर २३ भन्दा केही दिन पछि सम्म रहने गरेको छ ।

अहिले पनी देशका धेरै ठाउँमा हल्लका पानी परीरहेको जल तथा मौसम विभागले जानकारी दिएको छ ।