

सप्तरी । सप्तरीमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । राजविराज–भारदह सडकखण्ड अन्तर्गत राजविराज नगरपालिका–१५ स्थित खाँडो खोला नजिक शुक्रबार दिउँसो तीन जना सवार अन टेस्ट मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा राजविराज नगरपालिका–११ झलही फर्सैठका २७ वर्षीय विनोद सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । गम्भीर घाइते भएका उनको उपचारका क्रममा गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको सप्तरीका डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए । दुर्घटनामा परी मोटरसाइकलमा सवार २० वर्षीय गौतम सदा घाइते भएका छन् भने २१ वर्षीय धनराज सदा दुर्घटना भए लगत्तै फरार भएको काफ्लेले बताए ।
मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको छ । मोटरसाइकल चालकको यकिन हुन नसकेको र दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७