

काठमाडौँ । वाईवाई ग्लोकल टिन हिरो २०२१ का अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको छ । देश भरिका किशोर किशोरीहरुबाट कुल ६११ आवेदन आएकोमा आज अन्तिम ६ प्रतिस्पर्धीको नाम घोषणा भएको हो ।
किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको यो सातौं संस्करण हो । यस वर्ष सेप्टेम्बर १, २०२१ मा अन्लाईन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत वाई वाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम घोषणा गरिने भएको छ ।
किशोर किशोरीहरु समाज सेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षण जस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको बताइएको छ ।
वाई वाई ग्लोकल टिन हिरोका अन्तिम ६ प्रतिस्पर्धी यसप्रकार छनः
- अनुरागचापागाईं, १८ बर्ष, यूटुबर, नवलपरासी
- दीपक सुतिहार, १९ बर्ष,सामाजिक उद्यमी, सप्तरी
- खुस्बु भण्डारी, १८ बर्ष, वन्यजन्तु संरक्षणवादी, चितवन
- नेहा गुरुङ, १९ बर्ष, सामाजिक अभियन्ता, काठमाडौं
- प्रन्जलचालिसे,१९ बर्ष, टेक्नोप्रेनेउर, काठमाडौं
- सभ्या राई, १९ बर्ष, शिक्षा अभियन्ता, इलाम
अन्तिम ६ प्रतिस्पर्धीकोेकामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता हुनेछ र २०२१ को बिजेता घोषणा गरिने छ ।
यस बर्षको निर्णायक टोलीमा युरोपियन युनियनका राजदूत श्रीमती नोना डेप्रेज, गोल्डस्टारको मार्केटिंग, ब्रान्डि र व्यवसाय विकास निर्देशक श्रीमती विधुसी राणा, सीजीकर्प ग्लोबलका प्रबन्ध निर्देशक श्री वरुण चौधरी, नेपालका लागि कोका कोला कम्पनीका कन्ट्री निर्देशक श्री आदर्श अवस्थी र ज्योति ग्रुप अफ कम्पनीका निर्देशक र स्याकर ट्रेडिंग कम्पनीका अध्यक्ष, श्री सौरभ ज्योति रहनु हुनेछ ।
यस बर्षको अन्तिम ६ प्रतिस्पर्धीहरुले ६ दिन सम्म संचालन हुने क्षमता निर्माण कार्यशालामा सहभागी हुने अवसर प्राप्त गर्ने बताइएको छ ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७