TRENDING

सुनको मुल्यमा गिरावट

काठमाडौं । बिहिबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार बढेर ९१ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ४०० रुपैयाँले घटेको हो ।

आज बिहीबार छापावाल सुन ९० हजार ८०० रुपैयाँ र तेजावी सुन ९० हजार ३०० रुपैयाँमा कारोबार हुने महासंले जानकारी दिएको छ ।

यता, चाँदीको भाउ पनि तोलामा १ हजार १८० रुपैयाँमा कारोबार हुनेछ । यसअघि तोलामा १ हाजर २०५ रुपैयाँमा कारोबार भएको चाँदी आज तोलामा २५ रुपैयाँले घटेको हो ।