

काठमाडौं । तालिबानले पुनः एक पटक अफगानिस्तानमाथी कब्जा जमाएको छ । तालिबानी आतंकीहरुले एकाबिहानबाटै राजधानी काबुललाई घेराबन्दीमा राखेका थिए । पछि जब उनीहरुले काबुलभित्र प्रवेश गरे अफगानिस्तानी सेनाले तालीबानी सामू आत्मसमर्पण गरेको थियो । यस पछि सरकार तथा तालिबानका प्रतिनिधिबीच छलफल भएको थियो, उक्त छलफल पश्चात अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छोडेर ताजकिस्तान भागेका छन् ।
राष्ट्रपति घानी ताजकिस्तान भागेको आन्तरिक मन्त्रालयका एक वरिष्ठ अधिकारीले समाचार संस्था रोयटर्सलाई बताएको अलजजिराले जनाएको छ ।
तालिवान लडाकूहरूले काबुललाई घेरेपछि सत्ता हस्तान्तरणको शान्तिपूर्ण वार्ताकाबीच गानी ताजकिस्तान लागेको बताइएको छ। सुरक्षाका कारण देखाउँदै ती अधिकारीहरुले थप जानकारी दिएका छैनन।
राष्ट्रपतिको कार्यालयले रोयटर्सलाई भनेको छ, ‘सुरक्षा कारणले अशरफ गानीकोे बारेमा केहि भन्न सकिदैन।’
गनी सँगै उप-राष्ट्रपति लगायत अन्य कैंयन शीर्ष नेताहरुले पनि देश छाडेका थिए । तालिबानको क्रूर शासन तथा अनिश्चितताबाट आत्तिएका नागरिकहरुले पनि ठूलो संख्यामा देश छाड्न थालेका छन् । टोलो न्यूजका अनुसार अली अहमद जलालीलाई नयाँ अंतरिम सरकारको प्रमुखको रूपमा नियुक्त गरिनेछ ।
यहि बीच, तालिबानका प्रवक्ता जबीहुल्ला मुजाहिदका अनुसार, “हाम्रो लडाकूहरुलाई काबुलमा लूटपाट रोक्नका लागि भनिएको छ, किनकि अहिले स्थानीय प्रहरीले चौकी छाडी सकेका छन् ।”
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७