

काठमाडौं । नेपाल मन्त्रिपरिषद् बैठकले तालिबानको कब्जामा परेको अफगानिस्तानमा फसेका नेपालीलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै नेपालीको उद्धार गर्ने निर्णय गरेको सञ्चारमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। त्यसका लागि नेपाल सरकारका सम्बन्धित निकायहरुले समन्वयात्मक रुपले कार्य अघि बढाउन निर्देशन दिने निर्णय भएको उनले बताए।
त्यस्तै, भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुका बाँकी रहेका समस्या सम्बोधन गर्न माग गर्दै बेलायतको लण्डनमा जारी आमरण अनशनमा नेपाल सरकारको ध्यानाकर्षण भएको उनले बताए।
‘यस समस्यालाई कूटनैतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र यससम्बन्धी कूटनैतिक प्रक्रिया समेत अगाडि बढिसकेको सन्दर्भमा आमरण अनशन फिर्ता लिन भूपू गोर्खा सैनिक सम्बद्ध सबैलाई आग्रह गरेको छ’, मन्त्री कार्कीले भने।
प्रवासबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
इजरायली सेनाद्वारा गाजा सहरको वरपर निकारी आदेश जारी
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
२३ औं गोर्खाकप मे २५ मा आयोजना हुँदै
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७