TRENDING

वाई वाईसंगको संयोजनमाग्लोकल टीन हिरो नेपालअन्तर्गत,ग्लोकल २० अन्डर २० को सूची सार्वजनिक

काठमाडौं । वाई वाई ग्लोकल टीन हिरो नेपाल सातौं संस्करणनमा आवेदन दिने प्रतिभावान किशोरकिशोरीबाट उत्कृष्ट २० छनोट गरिएको छ । उनिहरुलाई ग्लोकल २० अन्डर २० भनी पहिचान गरिएको छ र उक्त सुची सामाजिक सन्जालमार्फत सार्वजनिक गरिएको हो ।

देश भरि बाट आएको ६११ आवेदनबाटयीकिशोर किशोरीहरु छानिएका हुन् । यी २० परिवर्तक किशोर किशोरीहरु सम्माननीय निर्णायक मण्डलबाट उनीहरुको कामले समाजमा ल्याएको प्रभावको आधारमा चयन गरिएका हुन् । समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्नु नै यस कार्यक्रमको उद्देश्य रहेको जनाइएको छ ।

किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको यो सातौं संस्करण हो । यस वर्ष सेप्टेम्बर १ तारिकका दिन अन्लाईन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत उनिहरु पुरस्कृत हुने भएका छन् । सोही दिनवाई वाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम पनि घोषणा गरिनेछ ।

२० अन्डर २०किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार,खेलकुद, कृषि, मिडिया, पत्रकारिता,विज्ञान, साहित्य, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षणजस्ता विविध क्षेत्रमाकाम गरेर सकारात्मक सन्देश प्रवाह गरिरहेका छन । ग्लोकल प्रा.ली.का कार्यकारी निर्देशक आशिष ठाकुर भन्नुहुन्छ -“हरेक नयाँ बर्षसंगै नयाँ प्रतिभावान किशोर किशोरीहरु ग्लोकलसँग जोडीने गर्छन् ।नेपालभरीबाट बिभिन्न क्षेत्रमा सकृय रुपमा काम गर्दै आएका यि प्रतिभाशाली किशोरकिशोरीहरुको छनोट तथा पहिचन गराउन पाउदा हामी उत्साहित छौं ।”

  • यस वर्षका उत्कृष्ट किशोर किशोरीको सुची यस प्रकार रहेको छ –
  •  आबिस्कर थापा क्षेत्री, ईन्जिनियरिंग उत्साही, प्युठान
  •  आदित्य सिंह थापा, बालअधिकारकर्मी, बाँके
  •  अमृत रिजाल, बालअधिकारकर्मी, सुन्सरी
  •  अनुग्रह घले, उद्यमी, ललितपुर
  • अनुराग चापागाईं, यूटुबर, नवलपरासी
  •  दीपक सुतिहार, सामाजिक उद्यमी, सप्तरी
  •  गोविन्द पजियार, उद्यमी, सिरहा
  •  जोन्सन सुबेदी, टेक्नोप्रेनेउर, पर्वत
  • ज्वाला ढकाल, लेखक, झापा
  • खुस्बु भण्डारी, वन्यजन्तु संरक्षणवादी, चितवन
  • मोहन बुढा, सामाजिक अभियन्ता, हुम्ला
  • नेहा गुरुङ, सामाजिक अभियन्ता, काठमाडौं
  •  ओम प्रकाश वस्ती, सामाजिक अभियन्ता, कैलाली
  •  प्रन्जल चालिसे, टेक्नोप्रेनेउर, काठमाडौं
  •  रयानकुमार सापकोटा, सामाजिक उद्यमी, भक्तपुर
  • सभ्या राई, शिक्षा अभियन्ता, इलाम
  • सबिना शाक्य, वातावरणविद्, ललितपुर
  •  शुभ मझा, महत्वाकांक्षीफिल्मनिर्माता, महोत्तरी
  •  सुरज सापकोटा, सामाजिक अभियन्ता, नवलपरासी
  •  सुयोग वरदान आचार्य, आविष्कारक, कास्की

साथै उत्कृष्ट ६ को घोषणा अगस्ट २१ तारिकमा हुने बताईको छ । चयन भएका युवाहरुको सम्मानवाई वाई ग्लोकल टिन हिरोको सेप्टेम्बर १, २०२१मा हुने अन्लाईन अवार्ड महोत्सब र सम्मेलन मार्फत हुने भएका छन् ।

मुख्य समाचारबाट थप समाचार