TRENDING

नेप्सेमा झिनो सुधार

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसुचक आज झिनो अङ्कले मात्रै सुधार आएको छ ।

आज परिसूचक ०.६६ अंकले बढेर ३१०८.१२ विन्दमा पुगेको छ भने सेन्सेटिभ इन्डेक्स ०.७८ अंकले बढेको छ । आज १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार रुपैयाँ बराबरको २ करोड ६९ लाख ९६ हजार कित्ता शेयर खरिदबिक्री भएको छ ।

यस दिन ६ वटा कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।