TRENDING

बालाजु औद्योगिक क्षेत्रमा भिषण आगलागी , हरप्रयास गर्दा पनि अझै नियन्त्रणमा आएन

काठमाडौं । बालाजु औद्योगिक क्षेत्रमा भिषण आगलागी भएको छ । हिजो शुक्रबार राती २ बजेदेखि विष्कुट फयाक्ट्रीमा लागेको आगो अझै नियन्त्रणमा आउन नसकेको प्रहरीले जानकारी दिएको छ ।

१९ वटा पानी ट्यांकि र ९ वटा वारुणयन्त्रले निरन्तर प्रयास गर्दा पनि आगो नियन्त्रणमा आउन नसकेको हो । आगोनियन्त्रणका लागि सिम्रिक एअरको हेलीकप्टरबाट पनि पानी हालिएको थियो । घरभित्रको आगो भएका कारण बिहानको सो प्रयास समेत असफल भएको प्रहरीले जनाएको छ ।

आगलागिको कारण र क्षतिको विवरण भने खुल्न सकेको छैन ।