

काठमाडौँ । बुद्ध एयरले यही साउन ३१ देखि भरतपुर–भैरहवा उडान सुरुआत गर्ने भएको छ । कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले हप्तामा आइतबार, बुधबार र शुक्रबार दिउँसो १२ बजेर ५५ मिनेटमा उडान गर्ने जानकारी दिए । उनले भने, “पर्यटकीय नगरीसँग हवाई उडान जोड्नका लागि उडान सुरु गर्न लागिएको हो ।” नारायणगढ–बुटवल सडक विस्तारका कारण यात्रुले सास्ती व्यहोर्दे आएका छन् ।
भैरहवा उडानका लागि एकतर्फी भाडा २ हजार ८३५ देखि ४ हजार ३३५ रुपैयाँसम्म तय गरिएको छ । बुद्ध एयरले भरतपुर–काठमाडौँ नौ उडान गरिरहेको छ । यस्तै भरतपुर–पोखरा दैनिक एक उडान छ । कोरोना कहरका कारण गरिएको निषेधाज्ञा खुकुलो भएसँगै एयरलाइन्सले उडान सुरु गरेको हो ।
सुरुआतमा भैरहवा १८ सिट जहाजबाट उडान सुरु गर्न लागिएको प्रबन्धक बस्नेतले बताए । सन् २००५ बाट चितवनमा उडान सुरुआत गरेको कम्पनीले निषेधाज्ञा अघिसम्म भरतपुर–काठमाडौँ दैनिक १२ उडान भर्दै आएको थियो ।
चितवन तेस्रो पर्यटकीय गन्तव्य हो । पोखरा र भैरहवा देशकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछन् । उडानको सञ्जाल जोडिएसँगै पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।
बजारबाट थप समाचार
पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७