

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान अन्तरगत आउने शनिवार वरिष्ठ यूरो सर्जनद्वय डा. भरतबहादुर भण्डारी र डा. सुनिल श्रेष्ठले सेवा दिने भएका छन् ।
प्रोस्टेट ठूलो भएका, मृगौला, मूत्रथैली तथा मूत्रनलीमा पत्थरीको समस्या भएका, तथा मूत्ररोग सम्बन्धी समस्या भएकाले डा. भण्डारी र श्रेष्ठले फ्रि ओपिडी अभियानमा सहभागी भएर लाभ लिनसक्ने अस्पतालले जनाएको छ ।
नर्भिकले गत सातादेखि प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । आउने शनिवार डा.द्वयले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म नर्भिक अस्पतालमै बिरामीहरुलाई निःशुल्क ओपिडी सेवा दिनेछन् ।
निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा वा नर्भिक अस्पतालको ल्याण्डलाइन नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ । प्रत्येक शनिवारको निःशुल्क ओपिडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइनेछ ।
यसअघिको शनिवार वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. कामाक्षा शाह र डा. मधु पाण्डेले निःशुल्क ओपिडी सेवा दिएका थिए । उनीहरुको निःशुल्क ओपिडी सेवामा बिरामीहरुको थामिनसक्नु भीड लागेको थियो ।
नर्भिक अस्पतालका सीइओ अजयकुमार मिश्रले प्रत्येक शनिवार अलग अलग विशेषज्ञहरुलाई फ्री ओपिडी सेवामा प्रस्तुत गरिने उल्लेख गर्दै सम्बन्धित बिरामीहरुलाई भरपूर फाइदा लिन आह्वान गरेका छन् ।
मुख्य समाचारबाट थप समाचार
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
प्रतिनिधि सभाको बैठक स्थगित
गौशालाकी उपप्रमुख महतोलाई कार्यालय प्रवेशमा अवरोध
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७