TRENDING
होमपेज
आजदेखि नेपालीका लागि युएई खुल्ला


काठमाडौं । आजदेखि कोरोनाका कारण प्रवेश रोक लगाइएका नेपालीहरु युएई जान पाउने भएका छन् । आज (बिहिबार) देखि जान पाउने गरी युएईले नेपालीहरुलाई प्रवेश खुला गरेको अबुधावीस्थित नेपाली दुतावासले जनाएको हो ।
युएई जानका लागि युएई सरकारको अनुमति लिएर युएइको सरकारी निकायमा कार्यरत व्यक्ति, युएइमा कार्यरत स्वास्थ्यकर्मी, युएइका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएइमा उपचार चलिरहेका व्यक्ति र विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउने भएका हुन् ।
यद्यपी यसरी जानेहरुले विभिन्न स्वास्थ्य प्रोटोकल भने पालना गर्नुपर्ने दुतावासले बताएको छ । यूएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिहरुले ४८ घण्टा भित्रको पिसिआर नेगेटिभ रिपोर्ट देखाउनुपर्ने छ ।
प्रवासबाट थप समाचार
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७