

काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–२ ताल्तीमा कोदालोले हानेर एक पुरुषले श्रीमतीको हत्या गरेका छन् । ताल्ती हुरेका ४५ वर्षिय तीर्थबहादुर वि.क.ले ४२ वर्षिया श्रीमती भीममाया वि.क.को हत्या गरी आफुले झुण्डिएर आत्महत्या गरेका छन् ।
सोमबार बिहान सामान्य विवाद पछि घरबाट निस्किएका तीर्थबहादुरले केहि समयपछि पुन: घरमा आएर श्रीमतिलाई खेतमा काम गर्न जाम् भनि लगेका थिए । करिब ७ सय मिटर पर पुगेपछि पछाडिबाट कोदालोको पासोले प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । लगत्तै उनले आत्महत्याका लागि डोरीमा झुन्डिएको र सो डोरी चुँडिएपछि श्रीमतिकै सलमा झुण्डिएर आत्महत्या गरको बताइएको छ ।
घटनास्थलमा मृतकको साथमा सुसाइड नोट समेत भेटिएको प्रहरीले जनाएको छ । तीर्थबहादुरले पूर्वयोजनाकै आधारमा भीममायाको हत्या गरी आफुले समेत आत्महत्या गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको र थप अनुसन्धानका लागी महाराजगञ्जस्थित टिचिङ अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय गजुरीका डिएसपी युवराज खड्काले बताउनुभयो । नीजहरुको ४ छोरा र १ बुहारी रहेका छन् ।
यता काठमाडौंको चौमतिमा मध्यरातमा घाँटि थिचि श्रीमतिको हत्या गरेको आरोपमा बुधबार एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
खोटाङ घर भई काठमाडौंको चौमति बस्दै आएका ३८ वर्षिय रामेश्वर गोतामेले २८ वर्षिया श्रीमति बबिता राईको घाँटी थिचेर हत्या गरेको भन्ने स्थानीयको खबर पाएलगतै पक्राउन गरिएको प्रहरीले जनाएको छ ।
नीजहरु विगत ५ महिना देखि चौमतिमा डेरा गरी बस्दै आएको र दुबैजना बालाजुको औद्योगिक क्षेत्र भित्रको चप्पल कारखानामा काम गर्ने गरेको बताइएको छ । बालाजुका प्रहरी नायब उपरिक्षकका अनुसार पाँच वर्ष अघि विवाह गरेका रामेश्वरको बबिता दोस्रो श्रीमति हुन् ।
आफुहरुबिच पहिलेदेखि नै राम्रो सम्बन्ध नभएको र श्रीमतिले सधैं रक्सि खाएर चक्कु देखाउने गरेका कारण बरु मारेर जेल बस्छु भनेर घटना घटाएको देखिएको र घटनापश्चात् पनि उनमा कुनै पश्चाताप भाव नभेटिएको प्रहरीले जनाएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७