

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्षलाई कारबाहिको माग राख्दै कर्मचारी युनियनले प्रेस विज्ञप्ती प्रकाशित गरेको छ । आइतबार जारी प्रेस विज्ञप्तीमा बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले पद प्रतिष्ठा र बोर्डको गरिमा कायम गर्न नसकेको भन्दै निलम्बन गरि कारबाहि गर्नुपर्ने माग राखेको हो ।
ढुंगानाले नीजकी छोरी रेबीका ढुंगानाको नाममा सर्वाेत्तम सिमेन्टको करिब १२ हजार कित्ता शेयर किनेको खुलेको हो । सर्वाेत्तम सिमेन्टले नेपालमै पहिलो पटक बुक बिल्डिगं मार्फत् जारी गर्न लागेको आइपिओमा बोर्डकै प्रमुखको यस्तो हर्कत हुँदा चर्काे बिरोध आएको हो ।
यस घटनाको बारेमा अर्थमन्त्रालयले ३ दिन भित्र स्पष्टिकरण पेश गर्न बोर्डलाई निर्देशन दिएको थियो । अध्यक्ष ढुंगानाले व्यक्तिगत रुपमा गरेको गलत कार्यमा अर्थ मन्त्रालयले व्यक्तिको नाम नतोकिकन वोर्डको नाममा मात्र स्पष्टिकरण सोधेकोमा समेत युनियनले आपत्ति जनाएको छ ।
बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गरी ऐनको दफा ७ (७), १२,९१ र ९२ तथा अन्य विद्यमान कानुनका आधारमा अबिलम्ब छानबिन गरी संलग्न सम्पूर्णलाई कारबाहि गर्न गर्नुपर्ने र यसो गरेमा मात्र बोर्डको साख बचाउन सकिने भन्दै सोहि अनुसार गर्न युनियनले माग गरेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७