

काठमाडौं । प्रत्येक काम जुनमा युवाको संलग्नता हुन्छ त्यो सफल हुन्छ। राजनितिमा युवाको संलग्नताले नै भोलिको दिनमा उज्यालो ल्याउने गर्छ। एस्तै उज्यालो ल्याउनको निम्ति एनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिवको पदका लागि उमेदवारी दिएका छ्न राकेश जोशीले । भोली अर्थात् ३१ जुलाइमा हुन गई रहेको चुनाव कोभिड १९ को बढ्दो प्रकोपले गर्दा अनलाईन मार्फत हुने भएको छ ।
समाजसेवी राकेश जोशी सबै एनआरएनएको चिरपरिचित नाम हो । बिभिन्न सामाजिक काममा सम्लग्न जोशीले २०१४ देखि अस्ट्रेलियामा आइटि र इभेन्ट गर्दै आइरहेका छन् । उनि भूकम्प, भूकम्पको रिकभरी, कोभिडको महामारी र नेपालमा भइरहेको बाढी, पहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोपहरूको समयमा समुदाय र सामाजिक कार्यहरूमा संलग्न छन् । उनि स्थानीय समुदाय र विद्यार्थी कल्याणमा संलग्न छन । उनले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई त्यहाँ मानसिक स्वास्थ्य र शैक्षिक प्रश्नहरूको लागि समर्थन गर्दै आएका छन् ।
उनका इभेन्टहरूमा स्थानीय एमपीको संलग्नता देखिन्छ । जसले अस्ट्रेलिया र नेपाल बीचको द्विपक्षीय सम्बन्ध बलियो बनाउन मद्दत पुर्याउँछ। युवा उद्यमशीलतामा पदोन्नति, अष्ट्रेलियामा नेपाली संस्कृतिको प्रवर्धन, एनआरएनए आन्दोलनमा नेपालीको संलग्नता बढाउने, अस्ट्रेलिया र नेपाल दुबैमा सामाजिक कामको विकास र व्यवस्थापनमा राम्रो भूमिका खेल्ने, अस्ट्रेलियामा मुख्यतः नेपाली समुदायमा केन्द्रित, अस्ट्रेलियामा नेपालीहरूलाई उनीहरूको ज्ञान, स्रोत र अनुभव उपयोग गर्न सहयोग पुर्याउन राम्रो मार्गदर्शन प्रदान गर्ने, दोस्रो पुस्ताका नेपाली अस्ट्रेलियालाई नेपाल र नेपाली संस्कृतिहरूको साथ सामाजिक घटनाहरू आयोजना गरेर कनेक्ट गराउने, अष्ट्रेलियामा योगदान प्रदर्शन गर्न सामाजिक संगठनको साथ काम गर्ने, यी सामाजिक, संगठनात्मक र सामुदायिक प्रतिबद्धताहरू जोशीले आफ्नो कार्यकालको अवधिमा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
“साझा एनएनआरएनए” वास्तबमै हामी सबैको साझा अभियान हो र “सबल एनआरएनए” को प्रमूख आधार भनेकै यो अभियानलाई थप संस्थागत गर्दै समुदायका सबैलाई अपनत्व प्रदान गर्ने हो । यसका लागि हामी सबै मिलेर काम गर्न प्रतिबद्व छौं । एनआरएनए अभियानमा रहेर समुदायको सेवा गर्ने मेरो उत्कर्ष चाहनालाई साकार पार्न हजूरहरू सबैको सल्लाह, सद्भाव र अमूल्य मतको अपेक्षा गरेको छु, टेलिफोन मार्फत सह( सचिबका उम्मेदवार राकेश जोशीले भने ।
प्रवासबाट थप समाचार
टर्कीमा फेरि शक्तिशाली भूकम्प, जनजीवन आतंकित
प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट
गैरआवासीय नेपाली र नागरिकताका बारेमा छलफल हुँदै
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७