

काठमाडौं । सत्तारुढ गठबन्धनले नेकपा एमाले माधव नेपाल पक्षलाई सरकारमा जान निरन्तर आग्रह गरेतापनि सो पक्ष सरकारमा सहभागी नहुने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले वरिष्ठ नेता नेपालसँग निरन्तर संवाद गरि सरकारमा आउन आग्रह गरिरहेका छन् । पार्टी एकता प्रयास भइरहेको र अर्काे पार्टी बनिनसकेको अहिलेको अवस्थामा आफुहरु सरकारमा सहभागी नहुने नेता नेपालले स्पष्ट पार्नुभयो ।
गत साउन ३ गते प्रधानमन्त्री देउवालाई नेता नेपाल सहित २२ सांसदहरुले विश्वासको मत दिएको आफुहरु सरकारमा सहभागी हुनको लागि नभएको नेपाल पक्षिय नेताहरुको भनाई छ । सरकारमा सहभागी हुनको लागि हतारो नभएतापनि पार्टी एकता अथवा अर्काे पार्टी गठन गर्ने भन्ने सन्दर्भमा अब अलमल नगरी निर्णय लिन नेता नेपाललाई सांसदहरुले सुझाएका छन् ।
यद्यपी एकदुई दिनमै पूर्ण हुने मन्त्रीपरिषदमा सामेल हुनका लागि विश्वासको मत दिने केहि सांसदहरुले व्यक्तिगत रुपमा इच्छा प्रकट गरेका आशय बाहिर आएका छन् । प्रधानमन्त्री देउवालाई नेता नेपाल निकटका १४ र ओली पक्षिय ८ सांसदले विश्वासको मत दिएका थिए ।
सरकारमा सामेत हुन इच्छा जाहेर गर्नेहरुमा ओली पक्षबाट विश्वासको मत दिने सांसदहरु रहेको बताइएको छ । नेता नेपालले भने सांसदहरुलाई “रिस्क लिने भए अर्कै कुरा हो तर, समुहगत रुपमा सरकारमा सामेल हुने अवस्था छैन” भन्ने स्पष्ट धारणा राखेका छन् ।
मुख्य समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७