

काठमाडौँ । कोरोना विरुद्धको खोप लगाउन अब अनलाइन दर्ता अनिवार्य हुने सरकारले जनाएको छ । काठमाडौं जिल्लामा अब अनलाइनमा नाम दर्ता गराएकालाई मात्र खोप लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन जारी गरिसकेको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले बताउनभयो ।
मन्त्रालयले साउन १ गते पत्र पठाएर उक्त निर्देशन दिएको खड्काको भनाइ छ।उहाँले भन्नुभयो‚ ‘खोपका लागि अनलाइन दर्ता नम्बर भएकोलाई मात्रै अब खोप लगाउनु भन्ने पत्र आएको छ‚ अब त्यहीअनुसार खोप लगाउँछौँ।’
सरकारले काठमाडौंमा १८ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप लगाउने बताएको छ। खोपका लागि स्वास्थ्य मन्त्रालयको तयार गरेको वेबसाइटमा गएर फर्म भर्न सकिने खड्काले बताउनुभयो । खोप केन्द्रमा भीड नहोस् भनी यस्तो प्रावधान गरिएको हो ।
नेपालमा हालसम्म जोनसनको खोपबाहेक ४५ लाख ३ हजार २२८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । जसमध्ये २२ लाख ८८ हजार ७९२ जनाले कोभिशिल्ड लगाएका छन्। कोभिशिल्डको दोस्रो खोप करिब १४ लाख जनाले लगाउन बाँकी छ। यस्तै‚ भेरोसिल २२ लाख १४ हजार ४३६ जनाले लगाएकोमा आठ लाख २८ हजार ४९८ जनाले दोस्रो मात्रा लगाउन बाँकी छ।
बजारबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७