TRENDING
होमपेज
स्रोत नखुलेको ४० लाख सहित १ जना पक्राउ


काठमाडौं । स्रोत नखुलेको रकम सहित एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलिले काठमाडौंको नागढुङ्गास्थित चेकप्वाईन्टबाट स्रोत नखुलेको रकम बोकी हिड्ने ती पुरुषलाई पक्राउ गरेको छ ।
बुटवलबाट काठमाण्डौ आउदै गरेको लु १ ख ८६५२ नं.को बसमा आएका पश्चिम नवलपरासी पाल्हीनन्दन गा.पा. वडा नं.२ घर भएका ४० बर्षीय व्यास गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । उनले बोकेका कालो झोलामा र कम्मर पेटीमा लुकाई छिपाई ल्याएको नगद चालिस लाख फेला पारेकोले उनलाई पक्राउ गरेको प्रहरीले बताएको छ ।
उनले उक्त रकमको स्रोत खुलाउन नसकेकोले पक्राउ गरी ल्याएको प्रहरीको भनाई छ । यात्रीका सामान जाँच्दा स्रोत नखुलेको उक्त रकमसहित गुप्तालाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रारम्भ गरिएको नागढुङ्गास्थित महानगरीय प्रहरी प्रभागले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७