

काठमाडौं । शेयर बजारमा आज देखि हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभ्लपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसीयल) को हकप्रद शेयर निष्काशन एवं बिक्रि खुला भएको छ ।
कायम एक कित्ता शेयर बराबर अर्काे एक कित्ता शेयरको अनुपातमा शेयर निष्काशन गरेको हो । शेयर निष्कासनका लागि यस कम्पनिले गत जेठ २८ गते बुकक्लोज गरेको थियो । यसर्थ गत जेठ २७ गतेसम्म नेप्सेमा कारोबार कायम रहेका यस कम्पनिका शेयरधनीहरुले मात्र हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । हाल कम्पनिको चुक्ता पूँजी ११ अर्ब रुपैंया रहेकोमा हकप्रद निष्काशन पछि २२ अर्ब रुपैंया पुग्ने छ ।
एचआईडिसीयलको हकप्रद शेयर बिक्रि प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रद शेयरका लागि ग्लोबल आइएमई क्यापिटलका साथै ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट साउन २५ गतेसम्म आवेदन दिन सकिने छ । साथै नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तिय संस्थाका अलावा मेरोशेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ ।
कर्पोरेटबाट थप समाचार
विद्युत् प्राधिकरण पाँच अर्ब २६ करोड रुपैयाँ घाटामा !
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७