

मोरङ । जन्मिएको बच्चा छोरी भएपछि बिराटनगरको एक परिवारले नवजात शिशुको हत्या गरेको छ । प्रहरीका अनुसार पुरै परिवारको मिलेमतोमा शिशुको हत्या भएको हो ।
हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले आमासहित ४ जनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रंगेली नगरपालिका–५ आँपगाछी टोल बस्ने २५ वर्षीया खुस्वु मण्डल, उनका श्रीमान २८ वर्षीय अरुण मण्डल , उनकै बुबा ५० वर्षीय नागेश्वर मण्डल र आमा ४८ वर्षीय उर्मिला मण्डल रहेका छन् ।
आइतबार राति खुस्वुले छोरीलाई जन्म दिई ब्ल्याङ्केटले घाँटी थिची हत्या गरी उनकै आमा बुवाले सञ्चालन गर्दै आएको रंगेली नगरपालिका–५ चाँदनी चोकस्थित मदिरा पसलभित्र खाल्डो खनी गाडेको प्रहरीले जनाएको छ । छोरी जन्मिएपछि जन्मनेवितिकै हत्या गरिएको अनुसन्धानको क्रममा खुल्न आएपछि ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर कर्तब्य ज्यान कसूरमा जिल्ला अदालत मोरङबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७