

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। राष्ट्रिय जनता पार्टीका तत्कालिन उपाध्यक्ष राजकुमार थापाले सर्वोच्चमा रिट दायर गर्नुभएको हो।
रिटमा निर्वाचन आयोग र तत्कालिन राष्ट्रिय जनता पार्टी नेपाल र हालको जनता समाजवादी पार्टीलाई विपक्षी बनाइएको छ। एकीकरण प्रारम्भदेखिनै त्रुटिपूर्ण, कपटपूर्ण र मौजुदा संविधान ऐन र कानुन विपरित कएको भन्दै एकीकरण बदर गरी पहिलेकै राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी नेपाल कायम गराइदिन रिटमा माग गरिएको छ। गैर संवैधानिक र ऐन, नियम विपरित दल एकीकरण गर्ने निर्णय खारेज हुनु पर्ने माग गरिएको छ।
संवैधानिक एवं कानूनी व्यवस्थाको विपरित कुनै पनि दल राजनीतिक क्रियाकलापमा संलग्न हुन नपाउने भन्दै त्यसो गरेमा कारबाहीको भागिदार हुने व्यवस्था रहेकाले सोही व्यवस्था अनुसार बदर गर्न माग गरिएको छ।
संविधानको धारा २६९ तथा राजनैतिक दल सम्बन्धी ऐन, २०७३ को प्रावधान अपुरो राखी निर्वाचन आयोगले दर्ता गरिदिएको भन्दै एकीकरण पहिलेको राष्ट्रिय जनता पार्टी नेपालको केन्द्रीय समितिको निर्णय र आपसी सम्झौता पत्र सहित राजनैतिक दल एकीकरण गर्नु पर्नेमा सो नगरिएको, दल दर्ताको निवेदन त्रुटिपूर्ण रहेको, निर्वाचन आयोगले निस्पक्ष सुनुवाइ नगरी एकीकरणको प्रमाण पत्र दिएको रिटमा उल्लेख छ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
अनेरास्ववियुको नयाँ नेतृत्वका लागि निर्वाचन आज
मोहन बैद्यको आइसियुमा राखेर उपचार जारी
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७