

काठमाडौं । निषेधाज्ञा केहि खुकुलो भएसँगै कुखुराको मासुको मूल्यमा उच्च वृद्धि भएको छ । गत बिहिबार राष्ट्रिय कुखुरा बिक्री व्यावसायी संघले जिउँदो कुखुराको मूल्य बढाएसँगै कुखुराको मासुको मूल्य पनि बढेको हो ।
गत आइतबार ३ सय ४० रुपैंया प्रतिकिलो रहेको मासुको मूल्य आज शुक्रबार सम्म आइपुग्दा ४५ रुपैंयाले बढेर प्रतिकिलो ३ सय ८५ रुपैंया पुगेको छ । निषेधाज्ञा खुलेसँगै मासुको खपत बढेको तर मागको तुलनामा मासुको उत्पादन अत्यन्तै न्युन रहेको राष्ट्रिय कुखुरा बिक्री व्यावसायी संघका सचिव देवकुमार गिरीको भनाई छ ।
वर्षाको समय एवं कोरोना कहरका बीच कृषकहरुमा कुखुरा पालनको उत्साह नभएको हुँदा मूल्यवृद्धिमा अझै बल पुग्ने संघले जनाएको छ । देशभर दैनिक झण्डै १० लाख किलो कुखुराको मासु उत्पादन एवम् खपत हुँदै आएपनि निषेधाज्ञा र वर्षायामका कारण झण्डै ५० प्रतिशतमा झरेको समेत संघले जनाएको छ ।
समाचारबाट थप समाचार
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७