

काठमाडौं । नेपाल वायु सेवा निगमको केन्द्रीय कार्यालय, सुन्धारामा नाराबाजी हुँदा स्थिति तनावग्रस्त भएको छ । निगमको सञ्चालक समितिले निगमलाई बचाउन निजी–सार्वजनिक संस्थानमा लैजानुपर्ने निर्णय गर्दै मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा प्रबन्ध पत्र बुझाएपछि आक्रोशित कर्मचारीहरुले कार्यालय परिसर भित्रै नाराबाजी गरेका हुन् ।
मंगलबारदेखि नै चरणबद्ध आन्दोलन गर्दै आएका कर्मचारीहरुले निगमको महाप्रबन्धक डिमप्रसाद पौडेलको विरुद्धमा नारा लगाएका छन् । आन्दोलित ट्रेड युनियन सम्वद्ध कर्मचारीले निगमको कार्यालयभित्रै नाराबाजी, जुलुस जारी राखेको नेपाल वायु सेवा निगम कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले बताउनुभयो । निगमलाई निजीकरण गर्ने निर्णय फिर्ता नभएसम्म र नालायक महाप्रबन्धकक डिमप्रकाश पौडेलको राजीनामा नआएसम्म आन्दोलन जारी रहनेछ डाँगीले भन्नुभयो।
राष्ट्रिय ध्वजा सहित इतिहास बोकेको राष्ट्रिय वायु सेवा निगमलाई निजी स्वार्थमा रही महाप्रबन्धक पौडेलले हवाई माफियाको हातमा सुम्पन खोजेको भन्दै आफुहरु आन्दोलित भएको डाँगीको भनाई छ । गत बुधबार निगमको कार्यालयमा तालाबन्दी गरी आन्दोलन गर्ने क्रममा प्रहरी र कर्मचारी बीच झडप भई तनाबको स्थिति सृजना भएको थियो ।
मुख्य समाचारबाट थप समाचार
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७