

काठमाडौं । कोरोना विरुद्धको खोप भेरोसेलको पहिलो डोज लगाएका करीब ५ लाख व्यक्तिलाई मंगलबारबाट दोश्रो डोज लगाउन सुरु गरिएको छ ।
भेरोसेलको पहिलो डोज लगाएका चार हप्ता पुगेका ६० देखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरुलाई मंगलबारबाट दोश्रो डोज दिन सुरु गरिएको हो । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले गत २५ जेठ यता पहिलो डोज खोप लगाएका करीब ४ लाख ८० हजार र त्यसअघि नै पहिलो डोज लिई दोस्रो डोज लिन छुटेका करीब २० हजार गरी करीब ५ लाखलाई दोस्रो डोज दिन सुरु गरिएको जनाएको छ ।
दोस्रो डोज खोपका लागि ७७ जिल्लामा ३ हजार ८९७ वटा खोप केन्द्र तोकिएको छ । पहिलो दिन काठमाडौँ उपत्यकाका तीन सहित ४७ वटा जिल्लामा खोप सञ्चालन भएको छ । गत १६ जेठमा चीन सरकारको सहयोगमा थप १० लाख डोज भेरोसेल खोप अनुदानमा प्राप्त भएको थियो । सो खोप २५ जेठ देखि पहिलो डोज दिईएको थियो । त्यसको दोस्रो डोज मंगलबारबाट दिन सुरु गरिएको हो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
गणतन्त्रको विकल्प सुधारिएको गणतन्त्र नै हुने
गौशालामा एकैपटक ८ वटा सवारीसाधन दुर्घटना
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७