

काठमाडौं । कोरोना संक्रमण रोकथामका लागि लगाइएको निषेधाज्ञा खुकुलो बनाइएसँगै दैनिक गतिविधिहरु सक्रिय हुन थालेका छन् । विविन्न आर्थिक गतिविधिका कार्यहरु, प्रशासनिक कार्य, रोजगारी लगायतका लागि राजधानी छोडेर बाहिरिएका मानिसहरु बिस्तारै काठमाडौं फर्किन थालेका छन् ।
यसका अलावा राजधानी नआई नहुने कामका कारण पनि मानिसहरु काठमाडौं आइरहेका छन् । निजी सवारी साधनहुनेहरुको हकमा विभिन्न पास एवं अन्य बहाना बनाएर पनि राजधानी छिर्न कुनै कठिनाइ देखिँदैन । तर सार्वजनिक यातायात चढेर आउनुपर्ने मानिसहरुको यात्रा भने निकै कष्ठप्रद हुने गरेको देखिन्छ । राजमार्गमा बसहरु त गुड्न थालेका छन् , यद्यपी ति बसहरुले गन्तव्यसम्म यात्रु पुर्याउन भने पाएका छैनन् । गन्तव्यमा नपुग्दै ओर्लनु परेका कारण पाएको दुख र सास्ती नागढुंगा नजिक दिनहूँ देखिएको छ । वर्षाद्को कारण भएका जाम र अप्ठ्यारा पार गर्दै देशको विभिन्न भागबाट काठमाडौ हिँडेका गरिव विपन्न एब मजदुरलाई नागढुङ्गा सम्म मात्र आउन पाउने अनि गन्तव्यमा पुग्न नदिने अवस्थामा नीजहरूलाई चरम ठगी हुनका साथै दुःख र बिचल्ली अवस्था नागढुंगामा देखिएको हो ।
कोरोना संक्रमणको जोखिम कम गर्नका लागि आवश्यक स्वास्थ्य मापदण्ड पालनाका लागि लगाइएको नियमहरुको प्रायशः बसहरुले पालना गर्ने गरेका छैनन् । जसका कारण यात्रुले बढि भाडा तिरेर पनि कोचिएर यात्रा गर्नुपरेको धादिङ्गबाट आउनुभएकि यात्रु सुस्मिता भट्टले बताउनुभयो । ”साँझमा झ्याप्लेखोलामा ल्याएर बस फर्कियो , पानी परिरहेको छ अब कसरी र कतिबेला बानियाँटार पुगिने हो केहि थाहा छैन” , निसाश हुँदै सुस्मिताले भन्नुभयो । ”गाउँमा पहिरोले बाटो भत्काएकाले बिहान ३ घण्टा हिँडेर सदरमुकाम आइपुगेपछि काठमाडौंको बस चढेको र अहिले यो बसले पनि काठमाडौं नै पुग्न नमिल्ने भनेर यहिँ ओरालीदियो , भाडा भने अरु बेलाको भन्दा दोब्बर लियो ” उहाँले भन्नुभयो ।
त्यसो त नाम नबताउने सर्तमा एक बस चालकले भन्नुभयो , ”हामी अहिले गाडि यहिँ रोकेर बस्छौं, यात्रुहरु सबै ओरालेको खाली बस रात परेपछि यसो भनसुन गरेर काठमाडौं नै जाने गरेको छ , हामी पनि त्यसै गर्छाैं ।” यसरी रातीमा खाली बस चलाउने, अन्यत्रबाट आएर झ्याप्ले खोलामा यात्रु ओराल्ने अनि फर्कने अवस्थामा पिडित यात्रुलाई न्याय कसले दिने ? बढी भाडा तिरेर पनि हिड्नु पर्ने अनि अनेक सकस बेहोर्नु पर्दाको अवस्थामा रोग कम हुने होईन झनै बढ्ने सम्भावना देखिन्छ । तसर्थ तत्काल बस सेवा संचालनका विषयमा ठोस निर्णय भएमा जनताको आहतमा राहत मिल्ने देखिन्छ ।
बजारबाट थप समाचार
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
बेलायतको इमिग्रेसन नीतिमा व्यापक कडाइ
यस्तो छ नयाँ गित – ‘मायाको हाँसो’
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७