

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जवाङ खोलामा पहिरो जाँदा ५ वटा गाडिहरु पुरिएका छन् भने २ जनाको मृत्यू भएको छ । साथै अन्य ६ जना घाइते भएका छन् ।
मृत्यू हुनेमा चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ का अन्दाजी १९ वर्षका बीरबल प्रजा र भारत घर भएका ४३ वर्षिया सोनी देवी रहेको प्रहरीले जानकारी दिएको छ ना ८ ख ४५४० नम्बरको ट्रकमा सवार प्रजा सोहि ट्रकमा मृत अवस्थामा भेटिएका थिए भने ना ७ ख ३२० नम्बरको कन्टेनरमा सवार सोनीको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यू भएको हो ।
पहिरोमा परि पुरिएका अन्य सवारीहरुमा ना ७ ख ३२० नम्बरको कन्टेनर, बा १ ग २८३१ नम्बरको ट्रक, बा १२ च ७१५६ नम्बरको म्याजिक भ्यान, ना ८ ख ४५४० नम्बरको ट्रक र पीएन २८ एए ०१२० नम्बरको ट्रक रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय गजुरी र बेनीघाटबाट डिएसपीको कमाण्डका प्रहरी टोलीका साथै स्थानीय जनप्रतिनिधि सहितको टोली र सडक विभागको टोलीद्धारा खोजी एवं उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
वर्गीकरण थालेपछि बञ्चरेडाँडा लगिने फोहर घट्यो
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
माइतीघरमा सहकारी पीडितको ‘अर्धनग्न’ विरोध प्रदर्शन
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७