

काठमाडौं । सिभिल बैंक लिमिटेडको २०७८ जेष्ठ २७ मा बसेको संचालक समितिको ३४५औं बैठकले प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा २०७८ असार १८ गते देखि लागू हुने गरी आगामी चार वर्षको लागी नियूक्त गरेको हो । उहाँ २०७८ बैशाख १८ गते देखि का.मु. प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत हुनुहुन्थ्यो भने विगत दुई वर्षदेखि सिभिल बैंकमा नायव प्रमुख कार्यकारी अधिकृतका रुपमा आवद्ध हुनुहुन्थ्यो । अब भने उहाँले बैंकको प्रमुख कार्यकारी अधिकृतको पदभार सम्हाल्नु लाग्नुभएको हो ।
नेपालका विभिन्न बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड नेपाल बैंकमा १६ वर्ष, एन.आइ.सी एशीया बैंकमा साढे ५ वर्ष, नविल बैंकमा १ वर्ष र पछिल्लो २ वर्ष सिभिल बैंक मा २४ को वर्षको अनुभव र नेपाल बाहिर विभिन्न अन्तराष्ट्रिय बैंकहरु (स्ट्याण्डर्ड चाटर्ड बैंक, अफगानिस्तानमा साढे ३ वर्ष, म्यानमारको यूनाईटेड अमारा बैंकमा १ वर्ष र म्यानमारको एजीडी बैंकमा १ वर्ष ) मा ६ वर्ष समेत गरीे कुल तीन दशक लामो बैकिंग अनुभव पोखरेलसँग रहेको छ ।
डिजिटलाईजेसनको माध्यमबाट कर्मचारीहरुको कार्य क्षमतामा अभिवृद्वि गर्दै कागज रहित बैंकको रुपमा अग्रसर हुँदै तथा ग्राहकमैत्री विविध नवीन योजनाहरु ल्याउँदै बैंकले व्यवसायको आयतनमा व्यापक वृद्धि गरी शेयर होल्डरलाई उचित प्रतिफल प्रदान गर्ने कुरामा बैंक सदैव विश्वस्त रहेको बैंकका नवनियूक्त प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलले बताउनु भयो ।
नवनियूक्त प्रमुख कार्यकारी अधिकृत सुनिलकुमार पोखरेलकोे विगत तीन दशकको देश तथा विदेशमा सँगालेको अनुभवले सिभिल बैंकलाई नयाँ उचाईमा पु¥याउने कुरामा आफू विश्वस्त रहेको कुरा सिभिल बैंकका अध्यक्ष इच्छा राज तामाङ्गले वताउँदै बैंकले चालु आ.व.मा व्यवसायिक आकारमा राम्रो प्रगति रहेको तथा आगामी दिनहरुमा समेत निरन्तर प्रगति अगाडि बढ्नेमा विश्वस्त रहेको बताउनुभयो ।
सिभिल बैंकले चालु आर्थिक वर्षको जेष्ठ मसान्त सम्म रु. ८८.९४ अर्वको निक्षेप र रु.८३.६० अर्वको कर्जा विस्तार गरेको बताइएको छ ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७