TRENDING

फिजियोथेरापी गराउनु परे नर्भिकले दिन्छ घरैमा सेवा

काठमाडौं । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले फिजियो थेरापीको होम सर्भिस सुरु गरेको छ ।
पछिल्लो समय लोकप्रिय हुँदै गएको उपचार विधि फिजियो थेरापी सेवा अब नर्भिक अस्पतालको विशेषज्ञ सहितको टिमले घरमै गएर उपलब्ध गराउने भएको हो ।

हाल स्वास्थ्य क्षेत्रमा व्यक्तिगत रुपमा फिजियो थेरापिष्टहरुले होम सर्भिसको सेवा दिने केही अभ्यास रहे पनि संस्थागत रुपमै यस्तो अभ्यास त्यति धेरै भएको थिएन । नर्भिकले फिजियो थेरापी सेवालाई घरमै पुगेर दिने संस्थागत प्रयासको थालनी गरेको हो । तत्कालका लागि यो सेवा काठमाण्डौ उपत्यकाभित्र मात्र सीमित गरिएको छ ।

कोही कसैलाई फिजियोथेरापी सेवा चाहिएमा नर्भिकमा फोन सम्पर्क गरी फिजियो थेरापिष्टहरुलाई बोलाउन सकिने अस्पतालले जनाएको छ । फोन गरेपछि बिरामीको विषयमा बताइएको अवस्थाको गाम्भिर्यतालाई हेरी चाँडो भन्दा चाँडो अस्पतालका फिजियो थेरापिष्टहरु अत्याधुनिक उपकरण सहित बिरामीको घरैमा पुग्ने प्रेस विज्ञप्तिमा उल्लेख छ । नर्भिक अस्पतालबाट यो सेवा लिनका लागि बिहान ८ बजे देखि बेलुका ६ बजेसम्म सम्पर्क गर्नुपर्नेछ ।

नर्भिकले थालेको होम सर्भिसले फिजियो थेरापी सेवाका लागि मात्र अस्पताल बस्नुपर्ने बाध्यतामा रहेका बिरामीहरु र कोभिड–१९ को संक्रमणको जोखिमका कारण अस्पताल पुग्न नचाहने बिरामीहरु बढी लाभान्वित हुने नर्भिकको फिजियो थेरापी डिपार्टमेन्ट प्रमुख समीम अख्तरले बताउनुभयो ।

norvic hospital