TRENDING

त्रिशुली नदिको बाढीमा परि धादिङमा एक जना बेपत्ता , ज्वालामुखीमा गोठ पुरीयो

धादिङ । त्रिशुली नदिमा आएको बाढीले बगाउँदा आज बिहान धादिङका एक जना युवा बेपत्ता भएका छन् । बेनीघाट रोराङ स्थित बिशालटार खण्डमा पर्ने त्रिशुली नदिमा बाढी आउँदा माछा टिप्नका लागि गएका स्थानीय २० वर्षिय लक्ष्मण बिसुराल बेपत्ता भएका हुन् । नीजको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

उता हिजो देखि परेको अविरल वर्षाका कारण धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ स्थित पोखरेपानीका जुनाराम मगरको गोठ पहिरोले पुरेको छ । गोठमा व्यवसायिक रुपमा पालिएको करिब १०० वटा कुखुराका साथै एउटा भैंसी र ९ वटा बाख्रा पुरिएको छ । पुरिएका पशुवस्तुहरुको प्रहरी र स्थानीयद्धारा निकाल्ने प्रयास जारी रहेको बताइएको छ ।

मुख्य समाचारबाट थप समाचार