

काठमाडौं । विभिन्न बहाना बनाएर रकम ठगि गर्ने घटना हिजोआज निकै बढेको छ । कहिले बधाई छ तपाईंलाई चिठ्ठा पर्यो भन्न त कहिले अरु नै केहि बहाना बनाएर ठगि गरेका उदाहरणहरु निकै बढेको नेपाल प्रहरी केन्द्रिय साइबर ब्यूरोले जानकारी दिएको छ ।
विशेष गरी ठगिका दुई तरिकाहरु अपनाइएको छ । एक त विभिन्न प्रलोभन देखाई रकम पठाउन अभिप्रेरित गरी ठगि गर्ने र अर्काे बैंक खाता ह्याक गरी रकम ठगि गर्ने गरेको समेत ब्यूरोले जनाएको छ । यस्तै घटना लमजुङका शुशिल घिमिरेलाई घटेको छ । उहाँलाई गत शुक्रबार एउटा अपरिचित नम्बरबाट फोन आयो र भन्यो तपाईको कोरोना बिमाको पैसा आएको छ , अकाउन्ट नम्बर दिनुस् , पैसा हाल्दिम्ला ।
घिमिरेले कोरोना पोजेटिभ हुँदापनि निकै लामो समयदेखि रकम भुक्तानी पाउनुभएको थिएन । एक्कासी फोन आएर रकम आउने कुरा सुन्दा उहाँ निकै खुसी हुनुभयो र दिदीलाई सो कुरा बताउनुभयो । तर दिदीलाई भने शंका लाग्यो । कोरोना रकम भुक्तानीका लागि यसरी फोन गरेर खाता नम्बर मागेको उहाँलाई अनौठो लाग्यो र शंका लाग्यो । उहाँले खाता नम्बर माग्ने नम्बर ९८४६८७९३१७ मा बारम्बार कल गर्दा पनि सम्पर्क हुन नसकेपछि उहाँको शंका झनै बढ्यो ।
यति हुँदा सम्म तीन दिन बितिसकेको थियो । चौंथो दिन, तपाईको केवाइसि फारम फेरी अपडेट गर्नुपर्यो भन्दै घिमिरेको खाता रहेको बैंकबाट फोन आयो । बैंकका ती कर्मचारीले सुशिललाई भने– तपाईंको बैंक खातामा समस्या आयो, फेरि केवाइसी अपडेट गर्नुपर्ने भयो, नजिकको शाखामा गएर केवाइसी अपडेट गरिदिनुस् । उहाँ तर्सिएर चारदिन अघिको सबै घटना बैंकका कर्मचारीलाई सुनाउनुभयो । अपरिचत व्यक्तिलाई खाता नम्बर दिएको सुनेपछि बैंकका ती कर्मचारीले ‘अपरिचित व्यक्तिलाई खाता नम्बर नदिनु र आफ्नो ओटीपी (वान टाइम पासवर्ड) सुरक्षित राख्नु’ भने।
बैंकले घिमिरेको इमेल पनि परिर्वतन भएको जानकारी पाएपछि उनलाई खबर गरेको सुनायो । तर, घिमिरेले आफ्नो इमेल परिवर्तन नगरेको जानकारी गराएपछि उहाँको खाता नम्बर रहेको बैंक थप शसंकित बनेको छ ।
बिमक संघका महासचिव चंकी क्षेत्रीले कोरोना बीमाका लागि दावी गरेकाहरुलाई रकम भुक्तानी गर्नको लागि बीमा कम्पनीहरुले फोनबाट सम्पर्क नगर्ने बताउनुभयो । ‘हामीले कसैलाई फोन गरेका छैनौं, बिमितले डिभी भौचर भर्दा नै बैंक एकाउन्ट नम्बर दिइसकेका हुन्छन्, सम्बन्धित व्यक्तिले उल्लेख गरेको बैंक खाता नम्बर हुँदा हुँदै फोन गरेर सोध्ने कुरा पनि भएन, चेकबाट भुक्तानी गर्ने अवस्थामा सम्बन्धित बिमितलाई एकाउन्टपेयी चेक दिने र अहिले कोभिड महामारीको कारण अनलाइन भुक्तानी गर्नुपर्ने अवस्था आएकोले सम्बन्धित व्यक्तिको बैंक खाता नम्बरमा रकम जम्मा गरिदिने गरेका छौं, यसरी भुक्तानी गर्दा बैंकले खाता नम्बर मिलेन भनेर कारोबार हुन सकेन भने मात्रै सम्बन्धित व्यक्तिसँग औपचारिक माध्यमबाट आफ्नो पूरा परिचय दिएर बीमा कम्पनीका कर्मचारीले सम्पर्क गर्छन्, तर यसरी फोन गरेर खाता नम्बर माग्ने गरेका उदाहरण छैनन् भन्दा पनि हुन्छ,’ सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत एवं बिमक संघका महासचिव क्षेत्रीले भन्नभयो।
तपाईलाई कसैले पनि फोन गरी गरी चिठ्ठा पारिदिएर वा अन्य कारणले पैसा दिदैन, कानुन अनुसार काम गर्ने कम्पनी वा संस्थाहरुले शंकास्पद किसिमले फोन गरेर तपाईका व्यक्तिगत सुचना माग्दैनन्, यस्ता विषयमा सम्बन्धित व्यक्ति सचेत हुनु भएन भने ठगिने सम्भावना बढी हुन्छ, सचेत रहनु नै सबैभन्दा पहिलो कर्तव्य हुन आउँछ,’ नेपाल प्रहरीको केन्द्रिय साइबर ब्यूरोका वरिष्ठ उपरिक्षक नबिन्द अर्यालले बताउनुभयो ।
आफू कुनै पनि प्रक्रियाबाट ठगिएमा नजिकको प्रहरी कार्यालयमा गएर निवेदन दिने र त्यसको लागि थप सहयोग आवश्यक भए टेलिफोन, इमेल वा सामाजिक संजाल जस्ता विभिन्न माध्यमबाट नेपाल प्रहरीको साइबर ब्यूरो वा अपराध अनुसन्धान महाशाखामा सम्पर्क गर्न सकिने उपरिक्षक अर्यालको भनाई छ ।
नेपाल बैंकसं संघले पनि पछिल्लो समय अपरिचित व्यक्तिको फोनबाट बैंकका ग्राहकलाई तपाईंलाई चिठ्ठा पर्यो खाता नम्बर पठाउनुस्, वा अन्य व्यक्तिगत विवरण पठाउनुस् भनेर फोन आउन थालेको गुनासो आएको बताएको छ । साथै संघले बुधबार मात्रै एक विज्ञप्ति जारी गर्दै त्यस्ता व्यक्तिबाट सतर्क रहन सबैमा आग्रह गरेको छ ।
अर्थ बाणिज्यबाट थप समाचार
सगरमाथा संवाद : जलवायु सङ्कटको न्याय खोजिँदै
शेयरबजार निरन्तर ओरालो, घट्यो कारोबार
विदेशी मुद्राहरुको विनिमयदर
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७