

काठमाडौं । आधुनिक प्रविधिको विकास संगै बैंकिङ्ग क्षेत्रमा विभिन्न किसिमका वस्तु तथा सेवाको विकास एवम विस्तार भईरहेको छ । यसै क्रममा कृषि विकास बैक लिमिटेडले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवाको पहुँच पु–याउन, बजारको माग तथा ग्राहकको आवश्यकता अनुसार आधुनिक वस्तु तथा सेवाहरु उपलव्ध गराउदै आईरहेको अवस्थामा यस बैकले २०७८ साल बैशाख महिनाबाट क्रेडिट कार्ड व्यवसायको शुरुवात गरिसकेको छ ।
हालसम्म यस बैकले ७८ वटा कार्डहरु जारी गरिसकेको छ । नेपालका सरकारी स्तरका बैकहरुमा यो सेवा प्रदान गर्ने पहिलो बैक भएको छ । कार्यालयको कार्यक्षेत्र भित्र बसोवास गरी दिगो आयश्रोत भएका विश्वासिला नेपाली नागरिकहरु, यस बैकका पूर्व कर्मचारीहरु तथा बैकका कर्मचारीहरुले यो सुविधा प्राप्त गर्न सक्नेछन् ।
यस बैकले जारी गरेको क्रेडिट कार्डको सिमा न्यूनतम रु २५,००० देखि अधिकतम रु १०,००,००० सम्म कायम गरिएको छ । त्यसैगरी EMV Compliance, Contact less Payment Features, नेपाल र भारतमा चल्ने, POS Terminal मार्फत विभिन्न वस्तु तथा सेवा खरिदको भुक्तानी गर्न सकिने आदि विशेषताहरु रहेका छन् । साथै उक्त बैंकले क्रेडिट कार्ड सुविधा लिन आफूलाई पायक पर्ने कृषि विकास बैंक लि.का शाखा कार्यालयहरुमा सम्पर्क राख्न सम्पूर्ण ग्राहकहरुमा अनुरोध समेत गरेको छ ।
बैङ्किङ्गबाट थप समाचार
फेरि बढ्यो सुनको मूल्य
८ महिनामा व्यापार घाटा नौ खर्बमाथि : भारतसँग मात्रै ५ खर्बको
साताभर ओरालो यात्रामा सेयर बजार
ट्रकमा २५ करोड फेला, २ जना पक्राउ
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७