

काठमाडौं । प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा रिट निवेदक शेरबहादुर देउवाका तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएको छ। हिजो आइतबार देउवाका तर्फबाट कानुन व्यवसायीहरूले अन्तिम बहस गरेका हुन्। आइतबार रिट निवेदक देउवा पक्षका वकिलको बहस सकिएकाले आजबाट सरकारी वकिलले बहस गर्ने सर्वोच्च अदालतले जानकारी दिएको छ।
आइतबारको बसहमा सहभागी हुँदै अधिवक्ता योगेन्द्र अधिकारीले देउवालाई प्रधानमन्त्री बनाउने आदेश जारी नभए प्रधानमन्त्री ओलीले फेरि अर्को जालझेल गर्ने तर्क गर्नुभएको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई अस्वीकार गर्ने निर्णय बदर गर्नुपर्ने उहाँको जिकिर थियो।
राष्ट्रपतिले २१ घण्टा समय दिएर दाबी पेस गर्न भन्नु नै गलत थियो। प्रतिनिधि सभा विघटन नै गर्ने हो भने पनि संविधानको धारा ७६ को उपधारा ५ अनुसार बनेको सरकारले मात्र पाउछ अरु धाराबाट बनेको सरकारले पाउँदैन, उहाँको जिकिर थियो, प्रधानमन्त्रीको रुपमा देउवा नियुक्त नभएमा फेरि पनि जालझेल हुन्छ।
अधिवक्ता भीमार्जुन आचार्यले संविधानको धारा ७६ का सबै धारा अनुसार एउटै व्यक्ति प्रधानमन्त्री बन्ने कल्पना संविधानले नगरेको तर प्रधानमन्त्री केपी शर्मा ओलीले भने त्यस्तै अभ्यास गरेको दाबी पेस गर्नुभएको थियो । एउटै कार्यकालमा संविधानको धारा ७६ को सबै उपधारा अनुसार एउटै व्यक्ति केपी ओली मात्र प्रधानमन्त्री बन्ने कल्पना गरेको छैन। तर, अहिले अभ्यास यही भइरहेको छ, आचार्यको भनाइ थियो।
मुख्य समाचारबाट थप समाचार
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
विनियोजनमा देखिँदै आएको विकृति रोक्न रास्वपाको सुझाव
शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : सांसद ज्वाला
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
विश्व खोप सप्ताह प्रारम्भ
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७