

काठमाडौं । अब चुनाबमा जानुको विकल्प नरहेको उपप्रधानमन्त्री, गृह तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताउनुभएको छ । संविधानले वैकल्पिक व्यवस्था दिन नसकेका कारण सरकार बाध्य भएर ताजा जनादेशमा जानु पर्ने बाध्यता आएको उहाँको जीकिर छ ।
नीजको गृहजिल्ला रुपन्देहीको बुटवलमा आज कालीगण्डकी तिनाउ डाइभर्सन बहुउद्धेश्यिय आयोजना कार्यालयको आज उद्घाटन गर्दै यस्तो बताउनुभएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत नपाएर मार्गप्रशस्त गर्दा समेत निर्धारित समयमा बैकल्पीक सरकार निर्माण हुन नसकेपछि प्रधानमन्त्रीले बाध्य भएर संसद विघटन गरी ताजा जनादेशमा जाने स्थिति आएको उहाँले प्रष्ट पार्नुभयो ।
कार्यालय उद्घाटन भएसँगै अब रुपन्देहीको दक्षिणी क्षेत्रको उर्वर भूमीमा बाह्रै महिना सिञ्चाई हुने गरी आयोजनाको काम शुरु गरी सम्पन्न गरेरै छाड्ने समेत मन्त्री पौडेलले बताउनुभयो । पाल्पा र स्याङ्जाको संगमस्थल कालिगण्डकीको राम्दीभन्दा साढे दुई किलोमिटर तल ड्याम निर्माण गरी २७ किलोमिटर सुरूङ हुँदै पाल्पाको तिनाउ–२, दोभानहुँदै तिनाउमा पानी ल्याएपछि रूपन्देहीको दक्षिणि क्षेत्रको उर्वर भूमीमा बाह्रै महिना सिँचाई गरि कृषि उत्पादन बढाउने सरकारको योजना छ। डीपीआर र ईआईएको काम पूरा गर्न कम्तीमा दुई वर्ष लाग्ने र आयोजना सम्पन्न गर्न १ खर्ब ८० अर्ब लागत अनुमान गरिएको छ ।
प्रदेश ५बाट थप समाचार
लुम्बिनीमा पर्यटकलाई स्थानीय उपहार
अभिभावक गुमाएका बालबालिकालाई गाउँपालिकाले पढाउने
लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७