TRENDING
होमपेज
पहिरामा पुरिएर तीनको मृत्यु


रोल्पा ।अविरल वर्षापछि गएको पहिरामा परी रोल्पा नगरपालिका–९ लिउनमा तीनजनाको ज्यान गएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरामा पुरिएर उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा परी तीनजना घाइते भएका छन् । पहिराले घर पुरिँदा रोल्पा–९ लिउनका ४६ वर्षीया प्रतिमा बुढा, १८ वर्षीया सुशिला बुढा र १६ वर्षीया श्यामकला बुढाको मृत्यु भएको घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।
घटनामा परी ४० वर्षीय टीकासिंह बुढा, ४५ वर्षीया सुनमाया बुढा र नौ वर्षीय शक्तिमान बुढा घाइते अवस्था रहेको सुवेदीले बताउनुभयो । “घाइतेमध्ये सुनमाया र शक्तिमानको अवस्था सामान्य छ”, सुवेदीले भन्नुभयो ।
प्रदेश ५बाट थप समाचार
लुम्बिनीमा पर्यटकलाई स्थानीय उपहार
असार २७, २०७९
अभिभावक गुमाएका बालबालिकालाई गाउँपालिकाले पढाउने
असार २७, २०७९
लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो
असार २६, २०७९
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७