TRENDING
होमपेज
प्रेस चौतारीलाई स्वास्थ्य सामग्री हस्तान्तरण


काठमाडौँ । नेकपा (एमाले) निकट नेपाल खेलकुद महासंघले प्रेस चौतारी नेपाललाई आज स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
कोभिड—१९ रोकथामका लागि आवश्यक स्यानिटाइजर, मास्क र फेससिल्डसहितका सामग्री महासंघका अध्यक्ष रमेश पौडेलले चौतारीका अध्यक्ष गणेश बस्नेतलाई प्रदान गर्नुएको हो । कार्यक्रममा अध्यक्ष पौडेलले जोखिमका समयमा अग्रमोर्चामा रहेर काम गर्ने पत्रकारको सम्मानस्वरुप सामग्री दिइएको बताउनुभयो ।
चौतारीका अध्यक्ष बस्नेतले आफूहरुको सत्य, तथ्य र निष्पक्ष पत्रकारिताको यात्रामा यस्ता भौतिक साथले जोखिममा खट्न बल पुग्ने बताउनुभयो । महासंघका वरिष्ठ उपाध्यक्ष एवं “कोभिड, नो भीड” अभियानका संयोजक पर्शुराम बस्नेतले विभिन्न अग्रमोर्चामा रहेकाहरुलाई सामग्री वितरण गरिएको र दोस्रो चरणमा खाद्यान्न वितरण गर्ने बताउनुभयो ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
जेष्ठ ५, २०८२
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
जेष्ठ ५, २०८२
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
जेष्ठ ५, २०८२
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
जेष्ठ ५, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७