TRENDING
होमपेज
धादिङमा पहिरो जाँदा २ जना बेपत्ता, खोजीका लागि हेलिकप्टर माग


धादिङ । धादिङको रुबिभ्याली गाउँपालिका २ तिप्लिङमा गएको पहिरोमा परि दुईजना बेपत्ता भएका छन् भने डोजर टुक्रा टुक्रा भएको छ ।
शुक्रबार साँझ करिब ६ बजेको समयमा तिप्लिङको अता खोलाको माथिको भीरबाट पहिरो खस्दा साङ्कोष तिप्लिङ सडक खण्ड निर्माण गरिरहेको डोजर टुक्रा टुक्रा भएको थियो । सोही पहिरोमा परि २ जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेहरुमा डोजर चालक सिन्धुपाल्चोक जिल्लाका राजु पराजुली र सहचालक रुबीभ्याली घर भएका जोजो तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।
यसैबीच बेपत्ताको खोजबिनका लागि जिल्ला प्रशासन कार्यालयले हेलिकप्टर माग गरिएको जनाएको छ । भोगोलिक बिकटता भएको कारण स्थलगत खोजबिन कठिन भएको भन्दै बेपत्ताको खोजीका लागि हेलिकप्टर मगाइएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
बागमती प्रदेशबाट थप समाचार
काठमाडौं प्रशासन अगाडि राप्रपाको धर्ना
बैशाख १५, २०८२
काठमाडौंको ढुंगेअड्डामा बसमा आगलागी
बैशाख ११, २०८२
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
जेष्ठ २९, २०८२
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
जेष्ठ २९, २०८२
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७