

उदयपुर । जिल्लाको सदरमुकाम गाईघाट बजार क्षेत्रमा अहिले केही व्यापारीले विषादीयुक्त पदार्थ मिसाएर पकाएको विषाक्त आँपहरु बिक्री गरिरहेका छन् । गाईघाट बजारको मुख्य स्थान तथा चोकहरुमा बिहान निषेधाज्ञा खुलेको समयदेखि ११ बजेसम्म यस्ता विषादीयुक्त पदार्थ मिसाएर पकाएको आँपहरु खुलेआम बिक्री भइरहेको गाईघाटका वासिन्दाले बताएका छन् ।
बिषादीयुक्त पदार्थ मिसाएर पकाएको आँपले उपभोक्ताको स्वास्थ्यमा हानी हुन सक्ने उनीहरुको भनाइ छ । त्रियुगा नगरपालिका—११ गाईघाटका सन्तोषी कार्कीका अनुसार आँप किनेर लगेर खाएपछि पखाला लागेको बताउनुभयो । यस्ता विषादीयुक्त पदार्थहरु मिसाएर पकाएका आँपहरु अहिले प्रतिकिलो सय रुपैयाँभन्दा माथि महँगो मूल्यमा व्यापारीहरुले बिक्री गर्ने गरेको वडा नं १० बोक्सेका दुर्गा खड्का बताउनुहुन्छ । वडा नं ११ जनप्रेमी टोलका कुमार रोकाका अनुसार अहिले गाईघाट बजारमा बिक्री हुने गरेका आँपहरुमध्ये ५० प्रतिशत भारतबाट ल्याउने गरिएको छ ।
प्रदेश २बाट थप समाचार
१० हजार बोरा युरिया मल उपलब्ध गराउने
धार्मिक पर्यटनको गन्तव्य बन्दै टुटेश्वर
यातायात कार्यालयबाट २२ करोड ३० राजस्व सङ्कलन
गर्मी बढेपछि पठनपाठन बन्द
सीमा क्षेत्रमा बढ्दै कोरोना सङ्क्रमण
गाजामा खाद्यान्न प्रवेशको लागि इजरायलद्वारा स्विकृति
नेपाल पहिलो पटक विश्वकप महिला टी–२० को ग्लोबल छनोटमा
सिन्धुली अस्पतालको ‘बेड नम्बर ३३’
अवैध रूप समातिने सुनको साहु को हो ? सरकारलाई प्रश्न !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७