

काठमाडौं । सरकारले नेपाली श्रमिक अधिक सङ्ख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार अबेर राति भएको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाका लागि हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त बैठकले उपयुक्त मुलुकमा सातामा दुई हजार यात्रुभन्दा नबढ्ने गरी उडान सञ्चालन गर्ने निर्णय गरेको छ । सिसीएमसीको उक्त निर्णय मन्त्रिपरिषद्बाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवं प्रवक्ता तारानाथ अधिकारीले सिसीएमसीले सिफारिश गरेको निर्णय मन्त्रिपरिषद्ले पारित गरेपछि मन्त्रालयमा लिखितरूपमा आएर कार्यान्वयनमा जाने जानकारी दिनुभयो ।
त्यसैगरी बैठकले वैदेशिक रोजगारीमा गएका तर विभिन्न कारणले होटल क्वारेन्टिनमा बस्न नसक्ने कामदारका लागि सहयोग रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ । कूल १५ दिन बस्नुपर्ने क्वारेन्टिनका लागि १० दिनसम्मको खर्च सरकारले व्यवस्थापन गर्ने पनि निर्णय भएको छ ।ने बताइएको छ ।
बजारबाट थप समाचार
पत्रकार दिलभूषण पाठकविरूद्ध पक्राउ पुर्जी जारी
चिराइतो खेतीबाट वार्षिक १२ लाखसम्म आम्दानी
भिजिट भिसा प्रकरण : रास्वपाले अघि सार्यो नयाँ प्रस्ताव
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७