

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले आज जनकपुरधाममा अक्सिजन प्लान्टको उद्घाटन गर्नुभएको छ । एसआरजे समूहद्वारा ७ करोड़को लागतमा जनकपुरधाम उपमहानगरपालिकाको वडा नं। २३ मा स्थापना गरिएको सो ग्यास उद्योगबाट दैनिक ४ सय ५० वटा सिलिण्डर अक्सिजन उत्पादन हुने जनाइएको छ ।
सो अवसरमा मुख्यमन्त्री राउतले अक्सिजन उद्योगको स्थापनाले यस क्षेत्रमा अक्सिजनको अभाव नहुने विश्वास व्यक्त गर्नुभयो । उहाँले उद्योग स्थापना गर्ने सञ्चालकहरूलाई धन्यवाद दिदैं कोरोना महामारीसँग जुध्नमा अक्सिजन महत्वपूर्ण रहेको धारणा पनि राख्नुभयो । एस आर जे समूहका अध्यक्ष शिवनन्दन साहको सभापतित्वमा भएको सो समारोहमा सामाजिक विकास मन्त्री नवलकिशोर साह, प्रदेशसभा सदस्य करिना बेगम, पूर्व कृषि मन्त्री हरिनारायण यादव, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झाको सहभागिता रहेको थियो ।
प्रदेश २बाट थप समाचार
१० हजार बोरा युरिया मल उपलब्ध गराउने
धार्मिक पर्यटनको गन्तव्य बन्दै टुटेश्वर
यातायात कार्यालयबाट २२ करोड ३० राजस्व सङ्कलन
गर्मी बढेपछि पठनपाठन बन्द
सीमा क्षेत्रमा बढ्दै कोरोना सङ्क्रमण
आलमलाई सफाइ दिने न्यायाधीश माथि मोसो प्रहार
एयर इन्डियाको विमानमा सवार यात्रु कुन देशका कति !
-
दोलखाबाट सङ्गिता तामाङको नाम सिफारिस
भदौ २७, २०७९ -
व्यावसायिक सतुवा खेतीबाट मनग्य आम्दानी
पुस ९, २०७७